Sagun Khabar
विश्व उच्च रक्तचाप दिवसको अवसरमा  रक्तचाप जाँच 

बैतडी –विश्व उच्च रक्तचाप दिवसको अवसरमा बैतडीमा व्यापारीहरुको रक्तचाप जाँच गरिएको छ । भुमेश्वर स्वास्थ्यचौकीको आयोजनामा पाटन नगरपालिका ४ स्थित ठाँड बजारमा व्यापारीहरुको रक्तचाप जाँच गरिएको हो । 

रक्तचापका बिषयमा जानकारी दिने, उच्च रक्तचाप भएमा हुन सक्ने जोखिमका बिषयमा जानकारी दिने उद्देश्यसहित व्यापारीहरुको रक्तचाप जाँच गरिएको भुमेश्वर स्वास्थ्यचौकीका प्रमुख जगदीश विश्वकर्माले जानकारी दिए । 

Atrya hospital

हरेक बर्ष मे १७ तारिखका दिन विश्व उच्च रक्तचाप दिवस मनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसारका हरेक ४ जना पुरुष मध्ये एकजनामा उच्च रक्तचापको समस्या हुने गरेको छ । 

उच्च रक्तचापको समस्या भएमा टाउको दुख्ने, रिङटा लाग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढेको जस्ता लक्षण देखिने गरेका छन् । उच्च रक्तचापका कारण मृगौलामा समस्या आउन सक्ने, हृदयघात हुन सक्ने लगायतका जोखिमहरु समेत हुने गरेका स्वास्थ्यचौकी प्रमुख विश्वकर्माले बताए । 

उच्च रक्तचापका बिषयमा जानकारी लिन र आफ्नो रक्तचापका बिषयमा जानकार हुन नजिकैको स्वास्थ्य संस्थामा रक्तचापको जाँच गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update