Sagun Khabar
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार दिउँसो उनले प्रदेशसभाबाट विश्वासको पाएका हुन् । 

प्रदेशसभामा उपस्थित २८  सांसदहरूमध्ये पक्षमा २८  मत विपक्षमा शून्य मत र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले बताए ।

Atrya hospital

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । विपक्षी सांसदहरुको बहिष्कारकाबीच सभामुख भण्डारीले विश्वास मत लिने प्रक्रिया अगाडि बढाएका थिए । 

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्  । 

नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखबाहेक) १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक–एक सदस्य छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update