Sagun Khabar
दशरथचन्द माविका पूर्व विद्यार्थी नाथको सहयोगमा विपन्न छात्रछात्रालाई शैक्षिक सामग्री वितरण 
Atrya hospital

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५ स्थित दशरथचन्द मावि सुन्दरखालीमा अध्ययनरत विपन्न छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सोही विद्यालयका पूर्व विद्यार्थी दिपक नाथको सहयोगमा छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । 

दशरथचन्द नगरपालिका ६ सनकट्टे घर भएका नाथ अहिले खानेपानी तथा ढल व्यवस्थापन विभागमा अधिकृत पदमा कार्यरत रहेका छन् । दशरथचन्द माविबाट २०५६ सालमा एसएलसी उत्तीर्ण गरेका नाथले बेलाबेलामा विद्यालयलाई सहयोग गर्दै आइरहेका प्रधानाध्यापक चन्दले जानकारी दिए । दशरथचन्द मावि सुन्दरखालीबाट २०५६ सालमा पहिलो पटक विद्यार्थीहरुले एसएलसीमा सहभागिता जनाएका थिए । उक्त समयका मेधावी विद्यार्थी नाथको सहयोगमा विपन्न ५ जना छात्रछात्राहरुलाई एक बर्ष पुग्ने हिसाबले कापी कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको प्रधानाध्यापक चन्दले बताए । 

बिहीबार विद्यालयका विपन्न ५ जना छात्रछात्राहरुलाई पूर्व विद्यार्थी नाथले उपलब्ध गराएको शैक्षिक सामग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती चन्दले बताइन् । पूर्व विद्यार्थी नाथबाट प्राप्त सहयोगले विपन्न बालबालिकाहरुलाई सहयोग पुगेको भन्दै उनले विद्यालयको तर्फबाट धन्यावाद समेत दिएकी छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update