Sagun Khabar
पाटन नगरपालिकाको प्रशासनिक भवन उद्दघाटन 

बैतडी –पाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्दघाटन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले एक कार्यक्रमकाबीच बिहीबार भवनको उद्दघाटन गरेका हुन् । 

पाटन नगरपालिका ६ स्थित नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएर ३ महिना अघिमात्रै निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण गरेको थियो । २०७५ सालदेखि भवनको निर्माण कार्य शुरु भएको र १० करोडको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको पाटन नगरपालिकाका इन्जिनियर गोविन्द पन्तले बताए । 

Atrya hospital

पहिलो तला निर्माण भएदेखि नै नगरपालिकाले उक्त भवनबाट काम गर्न शुरु गरेको थियो । नगरपालिकाले २०७७ सालदेखि नै नयाँ भवनबाट काम गर्न शुरु गरेको भएपनि निर्माण कार्य सम्पन्न भएपछि आज प्रशासनिक भवनको उद्दघाटन गरिएको हो । 

नगरपालिकाको प्रशासनिक भवन उद्दघाटन कार्यक्रममा नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, वडा अध्यक्ष, नगरकार्यपालिकाका सदस्य लगायत अन्य सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो । भवन उद्दघाटन कार्यक्रममा उद्योग मन्त्री भण्डारी प्रमुख अतिथी रहेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update