Sagun Khabar
जन्मदिनको अवसरमा विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण 
Atrya hospital

बैतडी –बैतडीमा एकजनाले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयका विपन्न तथा जेहेन्दार छात्रछात्राहरुलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरेका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका सुन्दरखालीस्थित दशरथचन्द मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेकी पार्वती चन्दले विपन्न छात्रछात्राहरुलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरेकी हुन् । 
आज बिहान विद्यालयमै एक कार्यक्रमको आयोजना गरी दुई जना विपन्न छात्रछात्रालाई पोशाक र १० जनालाई शैक्षिक सामग्री वितरण गरिएको हो । 

जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई केही सहज होस भनेर यो कार्य गरेको चन्दले बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update