Sagun Khabar
कञ्चनपुरमा एक जना पूर्वशिक्षकको ढुंगा प्रहार गरी हत्या 

कञ्चनपुर –कञ्चनपुरमा पूर्वशिक्षकको हत्या भएको छ ।

जिल्लाको बेलौरी नगरपालिका–६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

Atrya hospital

पूर्वशिक्षक चन्दको हत्या आरोपमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या गरेको खुलेको उनले बताए । 

भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update