Sagun Khabar
बैतडीमा कफी खेती विस्तार गरिने, मन्त्री भण्डारीले बीउ र बिरुवा रोपेर शुभारम्भ गरे 

बैतडी – बैतडीमा कफी खेती विस्तार गरिने भएको छ । जिल्लाको पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकाबाट कफी खेतीको शुरुवात गरिएको उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ । 

पाटनमा एक कार्यक्रमकाबीच कफीको बीउ र बिरुवा रोपण गरेर उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले कफी खेतीको शुभारम्भ गरेका छन् । कफी खेती शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बैतडीमा कफी खेतीको सम्भावना रहेकाले मन्त्रालयले जिल्लाका दुईओटा पालिकाबाट कफी खेतीको शुरुवात गरेको बताए । 

जिल्लामा कफी खेतीको रोपण तथा यसको प्रवद्र्धनका लागि महत्वपूर्ण कार्यको शुभारम्भ गर्न पाउँदा आफूलाई खुसी लागेको मन्त्री भण्डारीले बताए । उनले भने ‘बैतडी प्रशस्त सम्भावना बोकेको जिल्ला हो । तथापि संघीय सरकारले यथोचित ध्यान दिन सकेको छैन् । त्यो अवस्थालाई बदल्नका लागि हामीले प्रयास गरिरहेका छौं ।’

Atrya hospital

कफी घरेलु बजारमा मात्रै नभएर निर्यातको समेत सम्भावना भएको नगदेबाली भएकाले यसको विस्तारका लागि सरकारले पहल गरिरहेको उनले बताए । 

Bhandari-cafi-1-1715836369.jpg
 

कफी खेती ८ सय मिटरदेखि १६ सय मिटरको उचाइसम्म गर्न सकिने भएकाले बैतडीमा कफी खेतीको बैतडीमा प्रशस्त सम्भावना रहेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले बताए । पहाडी क्षेत्रहरुमा कफीखेती उच्च सम्भावना रहेकाले बैतडीबाट यसको शुरुवात गरिएको उनले बताए । 

नेपालमा कफी खेती विस्तारका लागि युरोपियन युनियनले समेत सहयोग गरिरहेको सहसचिव अधिकारीले बताए । तत्कालका लागि बैतडीका दुईओटा पालिकाबाट यसको शुरुवात गरिएको र आगामी दिनमा सबै स्थानीय तहमा विस्तार गर्ने योजना रहेको उनले बताए । 

कफी खेतीका लागि पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकाबाट २०÷२० जना किसानहरुलाई छनौट गरिएको छ । उनीहरुका लागि आइतबारदेखि दुई दिने आधारभूत तालिम सञ्चालन गर्ने योजना रहेको सहसचिव अधिकारीले बताए । तालिममा कफी खेती गर्ने तरीका, बीउ राख्ने तरीका, भण्डारण गर्ने तरीका लगायतका आधारभूत बिषयमा जानकारी दिइने उनले बताए । 

बैतडीसहित अन्य जिल्लाहरुमा पनि कफी खेती विस्तारका लागि मन्त्रालयले पहल गरिरहेको सहसचिव अधिकारीले बताए । 

Bhandari-cafi-1715836387.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update