Sagun Khabar
बैतडीमा हावाहुरीले एक विद्यालय भवनको छानो उडायो 

बैतडी –बैतडीमा हावाहुरीले एक विद्यालय भवनको छानो उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले जिल्लाको सुर्नया गाउँपालिका–२ चिल्लेपानीस्थित सरस्वती आधारभूत विद्यालयको भवनको छानो उडाएको हो । 

विद्यालयको ५ कोठे भवनमध्ये दुई कोठाको छानो हावाहुरीले उडाउँदा पूर्ण रुपमा क्षति भएको छ भने बाँकी तीन कोठाको छानो पनि आंशिक रुपमा उडाएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर चन्दले बताए । 

Atrya hospital

हावाहुरीले विद्यालय भवनको छानो उडाएपछि पठनपाठनमा समस्या भएको प्रधानाध्यापक चन्दले बताए । विद्यालयमा दुई कोठे कार्यालय भवन र ५ कोठे भवन मात्रै रहेको छ । छानो मर्मत नहुँदा सम्म पठनपाठनमा समस्या हुने प्रधानाध्यापक चन्दले बताए । 

कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा ५२ जना विद्यार्थी अध्ययनरत रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update