Sagun Khabar
क्याम्पस –समुदाय सहकार्यमा वातावरणीय सरसफाइ कार्यक्रम सञ्चालन 

बैतडी –बैतडीमा क्याम्पस र समुदायको सहकार्यमा वातावरणीय सरसफाइ कार्यक्रम सञ्चालन भएको छ । 

जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित श्रीकोट बहुमुखी क्याम्पस र स्थानीय समुदायको सहभागितामा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको क्याम्पसका विद्यार्थी नरेन्द्र अवस्थीले बताए । 

Atrya hospital

5-1715608663.jpg
 

‘स्वच्छ वातावरण हाम्रो अभियान, स्वच्छताका निम्ति सबैको योगदान’ भन्ने मूल नाराका साथ सोमबार वातावरणीय सरसफाइ कार्यक्रम सञ्चालन गरिएको उनले बताए । 

4-1715608661.jpg
 

स्थानीय समुदाय, नेपाल प्रहरी, क्याम्पस परिवारको सहभागितामा क्याम्पस परिसर,खोचलेक बजार र सिल्लेगडा बजारमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको क्याम्पस प्रमुख दानसिंह कार्कीले जानकारी दिए । 
वातावरणीय सरसफाइमा सबैको सामूहिक सहभागिता जनाउन यो अभियान सञ्चालन गरिएको उनले बताए । 

3-1715608657.jpg
1-1715608658.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update