Sagun Khabar
पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ऐरी हाजिर 

बैतडी –बैतडीको पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका गणेशसिंह ऐरी सोमबारदेखि हाजिर भएका छन् । 

नेपाल सरकारका उपसचिव ऐरीको दरबन्दी जिल्ला समन्वय समिति बैतडीमा रहेको र उनलाई पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समेत दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको जिम्मेवारी अनुसार आफूले पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समेत सम्हालेको ऐरीले बताए । 

Atrya hospital

सोमबारदेखि पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रुपमा आफू हाजिर भएको उनले बताए । यसअघि उनी आइतबार जिल्ला समन्वय अधिकारीको रुपमा जिल्ला समन्वय समिति बैतडीमा हाजिर भएका थिए । 

कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट ऐरी जिल्ला समन्वय समिति बैतडीमा सरुवा भएको हो । उनलाई अर्को व्यवस्था नभएसम्मका लागि पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समेत दिइएको छ । 

यसअघिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाको जिल्ला समन्वय समिति दार्चुलामा सरुवा भएको छ । जिल्ला समन्वय अधिकारीको रुपमा दार्चुला सरुवा भएका बुढालाई पनि शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समेत दिइएको छ । 

पाटन नगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत ऐरीले यसअघि पनि बैतडीको सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । 

नेपाल सरकारले प्रदान गरेको जिम्मेवारी आफूले कुशलता प्रमुख सम्पन्न गर्ने प्रमुख प्रशासकीय अधिकृत ऐरीले बताए । जिल्ला समन्वय समितिको भन्दा पाटन नगरपालिकामा कामको चाप बढी हुने भएकाले बढी समय पाटनमै रहने उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update