Sagun Khabar
स्थापना दिवसको अवसरमा शिक्षक संघको बैतडीमा अन्तरक्रिया 
Atrya hospital

बैतडी –नेपाल शिक्षक संघले स्थापना दिवसको अवसरमा बैतडीमा अन्तरक्रियाको आयोजना गरेको छ । जिल्लाका १० ओटै स्थानीय तहमा शिक्षक संघका पालिका समितिहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर आइतबार स्थापना दिवस मनाएका हुन् । 

३५ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीले बताए । दिवसको अवसरमा जिल्लाभरी शिक्षकका पेशागत हकहित र शैक्षिक गुणस्तर सुधारका बिषयमा अन्तरक्रिया गरिएको उनले बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update