Sagun Khabar
बैतडीको पाटनमा कृषि हाट बजारको उद्दघाटन 

बैतडी –बैतडीको पाटनमा कृषि हाटबजार सुरु भएको छ । पाटन बजार व्यवस्थापन समितिको आयोजना र पाटन नगरपालिकाको समन्वयमा शनिबार देखि हाटबजार सुरु भएको हो । पाटन नगरपालिका वडा नं ६ स्थित खुल्लामञ्चमा हाटबजार लागेको हो । आज एक कार्यक्रमकाबीच पाटन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले हाट बजारको उद्दघाटन गरेका छन् ।

हाट बजारको पहिलो दिन केही तरकारी स्टल तथा अल्लोका उत्पादनहरुको स्टल राखिएको पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टले बताए । कृषि हाट बजारमा व्यापारीहरुले आफ्ना सामग्रीहरु राख्न सक्नेछन् भने कृषकले आफ्ना उत्पादनहरु ल्याएर विक्रि गर्न सक्नेछन् ।

Atrya hospital

कृषि हाटबजारमा विशेष गरी स्थानीय किसान र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताइएको अध्यक्ष भट्टले बताए । किसानहरुलाई स्थानीय उत्पादन ल्याएर विक्रि गर्न समेत उनले बताएका छन् ।
किसानहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा सहयोग पुर्याउन हाट बजारको शुरुवात गरिएको वडा अध्यक्ष बिष्टले बताए । 

बजार व्यवस्थापन समितिको निर्णय अनुसार वैशाख महिनादेखि हरेक महिनाको २९ गते कृषि हाट बजार सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज हाट बजार सञ्चालन गरिएको बजार व्यवस्थापन समितिका सचिब पवन भण्डारीले बताए । 


 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update