Sagun Khabar
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सम्वाद कार्यक्रम 

बैतडी –बैतडीको मेलौली नगरपालिका वडा नं ९ मा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि सम्वाद कार्यक्रम शुरु गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भइरहेका बेला त्यसमा सुधार ल्याउनका लागि सम्वाद कार्यक्रम शुरु गरिएको हो । 

वडा नं ९ अन्तर्गत ४ ओटा सामुदायिक विद्यालय रहेका र ती विद्यालयका सेवा क्षेत्रभित्र रहेका अभिभावक, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि र अन्य सरोकारवालाहरु एकै ठाउँमा बसेर शैक्षिक गुणस्तर सुधारका लागि सम्वाद शुरु गरिएको वडा अध्यक्ष लोकराज भट्टले जानकारी दिए । 

Atrya hospital

वडाहरुमा रहेका विद्यालयहरुको अहिलेको अवस्था, विगतका राम्रा अभ्यास र आगामी दिनमा गर्न सकिने प्रयासका बिषयमा सम्वाद कार्यक्रममा छलफल हुने गरेको वडा अध्यक्ष भट्टले बताए । सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार आवश्यक रहेकाले सम्वाद कार्यक्रम शुरु गरिएको उनको भनाइ छ । उनले भने ‘सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि एकपक्षीय प्रयासले सम्भव हुँदैन् । त्यसैले सामूहिक प्रयासको आवश्यकता छ । त्यसैले हामीले सम्वाद कार्यक्रमको आयोजना गरेका हौं ।’

सम्वाद कार्यक्रमको सहजीकरण सामाजिक रुपान्तरणका लागि पैरवी समूहले गरिरहेको छ । उक्त समूहले शैक्षिक गुणस्तर सुधारका बिषयमा स्थानीय सरोकारवालाहरुसंग अन्तरक्रिया गर्ने गरेको वडा अध्यक्ष भट्टले बताए । 
सम्वाद कार्यक्रमले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा टेवा पुग्ने विश्वास लिइएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update