Sagun Khabar
महाशिवरात्रिको अवसरमा नागार्जुन मन्दिरमा सरसफाइ 
Atrya hospital

बैतडी–महाशिवरात्रिको अवसरमा बैतडीको प्रसिद्ध नागार्जुन मन्दिर परिसरमा सरसफाइ गरिएको छ । पञ्चेश्वर गाउँपालिका ३ स्थित नागार्जुन मन्दिरमा सरसफाइ गरिएको हो । 

स्थानीय समेत रहेका कुलाउँ स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक दिनेश तिवारीको नेतृत्वमा युवाहरुले मन्दिरमा सरसफाइ गरेका हुन् । 

मन्दिर परिसरमा रहेको फोहरलाई व्यवस्थापन गरिएको तिवारीले बताए । मन्दिर परिसरमा झाडी सफाइ गर्नुका साथै विरुवाहरुको संरक्षणका लागि काम गरिएको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update