Sagun Khabar
बैतडीमा भलिबल प्रतियोगिता : पुरुषतर्फको उपाधि दनपा–२ ले जित्यो 

बैतडी–बैतडीको मेलौलीमा सम्पन्न भएको जिल्लास्तरीय अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि दशरथचन्द नगरपालिका–२ को टीमले हात पारेको छ । 

मेलौली खेलमैदान बिट्ठेनीमा भएको फाइनल खेलमा सिगास –५ को टीमलाई हराउँदै दशरथचन्द नगरपालिका–२ टीमले जित हात पारेको हो । 

उपाधिसँगै दनपा –२ ले नगद १ लाख ११ हजार १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

यस्तै दोश्रो भएको सिगास –५ ले नगद ७७ हजार ७ सय ७७ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगितामा तेश्रो भएको मेलौली नगरपालिका–९ को टीमले नगद ४४ हजार ४४४ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

जिल्ला खेलकुद समिति बैतडीको आयोजनामा कार्तिक १३ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज समापन भएको हो । स्थानीयस्तरमा भएको खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने, नयाँ खेलाडीहरुको पहिचान गर्ने र खेल पर्यटनलाई बढावा दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update