बैतडी भलिबल प्रतियोगिता : महिलातर्फको उपाधि शिवनाथ –६ लाई
बैतडी–बैतडीको मेलौलीमा सम्पन्न भएको जिल्लास्तरीय अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि शिवनाथ–६ ले हात पारेको छ ।
फाइनल खेलमा पुर्चौंडी–१ लाई ३–० को सोझो सेटमा हराउँदै शिवनाथ –६ ले उपाधि कब्जा गरेको हो ।
उपाधिसँगै शिवनाथ–६ ले नगद १ लाख ११ हजार १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै दोश्रो भएको पुर्चौंडी–१ ले नगद ७७ हजार ७ सय ७७ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा तेश्रो भएको मेलौली नगरपालिका–७ को टीमले नगद ४४ हजार ४४४ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३ १६:२५
प्रतिक्रिया दिनुहोस्





