बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ स्थित सिद्धनाथ आधारभूत विद्यालय धामीगाउँको १७ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुबीरसिंह धामीको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी प्रमुख अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट बिशिष्ट अतिथी रहेका थिए । बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक कमानबहादुर धामीले १४ लाख ९० हजार ८७४ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा ११२ जना विद्यार्थी अध्ययनरत रहेका छन् । बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको स्थानीय प्रदीपकुमार जोशीले जानकारी दिए ।




