![कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला](https://mail.sagunkhabar.com/uploads/posts/balakdeath_j31z08W2FU-1706004290.jpg)
कञ्चनपुर- कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
भीमदत्त नगरपालिका–४ गोबरियानजिकै महाकाली सिंचाइ आयोजनाको मूल नहरमा स्थानीय ३७ वर्षीय चन्द्रबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार आइतबारदेखि सम्पर्कविहीन विष्ट मंगलबार बिहान नहरमा मृत फेला परेका हुन् ।
मृतकको शवलाई पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० ११:१३
प्रतिक्रिया दिनुहोस्