Sagun Khabar
कैलाली र कञ्चनपुरमा आंशिक निषेधाज्ञा 

कैलाली-कोरोना भाईरसको संक्रमण फैलिँदै गएपछि कैलाली र कञ्चनपुरमा आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गरेर भीडभाडका कार्यक्रम नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द हुनेछन् भने अन्य स्थानीय तहलाई पनि १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थक्लव, जिमखाना, स्वीमिङ फुल, हाटबजार बन्द गर्न आदेश दिइएको सूचना अधिकारी जोशीले बताए । उनका  अनुसार सभा, सम्मेलन र जुलुस गर्न बैशाख मसान्तसम्म रोक लगाइएको छ । मठ, मन्दिर , गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पूरा गरी नित्य पूजा, ध्यान र प्राथना मात्रै गर्न पाइने भएको छ ।

यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तिय सस्था, सहकारी लगायतका संघसस्था विद्युतीय माध्यमबाट सञ्चाल न गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ । आदेशको अवज्ञा गरे संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने आदेशमा भनिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि आंशिक निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जारी गरेको आदेशमा भीमदत्तनगरपालिकाका विद्यालय बन्द गर्ने कुरा उल्लेख छ भने अन्य स्थानीय तहहरुले जोखिमको अवस्था हेरर विद्यालय बन्द गर्न भनेको छ । यस्तै भीडभाड हुने खालका कुनै कार्यक्रम पनि सञ्चालन गर्न पाइने छैन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update