बैतडी-बैतडीको पाटन नगरपालिका ६, हिरापुर स्थित श्री डाँडाबाग आधारभुत बिद्यालयको ३१अँैं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
२०४९ सालमा स्थापना भएको यश बिद्यालयले आज(शनिवार) जनप्रतिनिधि, राजनैतिकदलका पदाधिकारी, सरोकारवाला कार्यालय संघ संस्थाका पदाधिकारी, अभिभावक, शिक्षक र बिद्यार्थिहरुको सहभागीतामा दिवस सम्पन्न गरेको हो ।
वार्षिकोत्सबको अवसरमा बिद्यालयले पौष २५ गतेका दिन अन्तरसदनात्मक हाजिरजवाफ कार्यक्रम, २६ गतेका दिन भलिबल कार्यक्रममको आयोजना गरेको बिद्यालयका प्रधानाध्यापक लक्ष्मण कठायतले बताए छ ।
वार्षिकोत्सबकै दिन बैतडी टुरमा रहेका परराष्ट्र मन्त्री माननीय एनपी साउँदज्यु लाई बिद्यालयको भौतिक विकासका लागि ग्यापन पत्र बुझाएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र कठायतले बताउन भएको छ । २०४९ सालमा स्थापना भएको यश बिद्यालयमा हाल कक्षा ८ सम्मको पढाई भइरहेको छ भने ११८ जना बालबालिकाहरु अध्ययनरत रहेको बिद्यालयले जनाएको छ ।
यस्तै वार्षिक परिक्षामा उत्कृष्टता स्थान हासिल गर्ने, अनुशासनमा उत्कृष्टहुने, र गरीब जेहेन्दार अभिभावकका ४० जना बालबालिकाहरुलाइ मनकारी व्यक्ति भुवन जोशी झोला वितरण गरेका छ्न । बालबालिकाहरुको मनोबल बढाउनका शिक्षक अभिभावक संघका सदस्य वसन्त पन्तले कक्षा उत्कृष्टहुने ९ जना बालबालिका लाई कापी, कलम, औजारबक्स सहितको स्टेसनरी प्याकेज वितरण गरेको अध्यक्ष कठायतले बताउन भएको छ ।
बिद्यालयको स्थापनाकाल देखि हाल सम्म विभिन्न क्षेत्रमा सहयोग पुर्याउदै आइरहेको महानुभाव ज्युहरुलाइ बिद्यालयको तर्फबाट माला टीका दोसल्ला र प्रमाणपत्र द्वारा सम्मान गरिएको बिद्यालयले जनाएको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र कठायतको सभाअध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बैतडीका सदस्य एवं सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष प्रेम सिंह भाट प्रमुख अतिथि रहनु भएका थिए ।
यस्तै बिशिष्ठ अतिथिमा पुर्व जिविस उपसभापति एवं बिद्यालयका संस्थापक सदस्य बिष्णु जोशी, जिल्ला समन्वय समितिका सदस्य करन कठायत, पाटन नगरपालिका वडा न. ८ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक हरिस बिष्ट, वडा न. ६ का वडा अध्यक्ष राजेन्द्र बिष्ट, पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधि बृखराज भट्ट, समाजसेवी बुद्धिजीवी नारायण भण्डारी, कपिल केसि, भुवन जोशी, कमल सिंह महरा, दिलिप कठायत, लगायतका अन्य छिमेकी बिद्यालयका बिव्यस अध्यक्ष, प्रधानाध्यापक, संस्थापक सदस्यहरु लगायत अन्य गन्यमान्ने व्यक्तिहरुको सहभागीता रहेको थियोे ।