बैतडी- बैतडीको पाटन नगरपालिकाले वडामै पुगेर योजनाहरुको सम्झौता गरिरहेको छ । चालु आर्थिक बर्षमा नगरपालिकामार्फत वडाहरुमा सञ्चालन हुने योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सञ्चालनमा रहेको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए ।
अहिले सम्म पाँच वडामा योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए ।
अहिलेसम्म वडा नं ४, ५,८,९ र १० नम्बरका योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको उनले बताए । योजनाहरुको कागजपत्र कसरी तयार गर्ने, निर्णयहरु कसरी लेख्ने र योजनालाई गुणस्तरीय रुपमा सम्पन्न गर्ने बिषयमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई जानकारी दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए ।
आज मङ्गलबार वडा नं ८ र ९ मा योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं ८ र ९ का चालु आर्थिक बर्षमा सञ्चालन हुने योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । ।
वडामै योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सञ्चालन भएपछि स्थानीय नागरिकहरु खुसी भएका उनले बताए ।
बाँकी रहेका वडाहरुमा माघ महिनामा वडामै पुगेर सम्झौता गर्ने तयारी रहेको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए ।