Sagun Khabar
शिवनाथले ८० प्रतिशत अनुदानमा हिउँदे फलफूलका बिरुवा वितरण गर्ने 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले ८० प्रतिशत अनुदानमा हिउँदे फलफूलका बिरुवा वितरण गर्ने भएको छ । फलफूल खेतीमा लागेका किसानहरुलाई सहज होस भनेर अनुदानमा फलफूलका बिरुवा वितरण गर्ने तयारी भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

गाउँपालिकाले एक सूचना जारी गर्दै १० बोट भन्दा माथि फलफूलका बिरुवा लगाउने किसान, फर्म, कृषि समूह लगायतलाई निवेदन दिन आग्रह गरिएको छ । ओखर र स्याउका उन्नत जातका बिरुवा वितरण गरिने भएकाले २० प्रतिशत बराबरको लगानी किसानले गाउँपालिकाको खातामा जमा गरेर निवेदन दिन आग्रह गरिएको छ । 

Atrya hospital

ओखर र स्याउका बिरुवामा ८० प्रतिशत लगानी गाउँपालिकाले गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । किसानहरुको मागमा आधारित रहेर फलफूल बिरुवा खरीद गरिने भएको निवेदन आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए । 

अनुदानमा फलफूलका बिरुवा लगाउन चाहने किसानहरुले नागरिकताको प्रतिलिपि, निवेदन, समूह तथा फर्म भएमा उक्त संस्था दर्ता र नवीकरण भएको प्रतिलिपि बुझाउन आग्रह गरिएको छ । 

हिउँदे फलफूल अन्तर्गत ओखर र स्याउ लगाउन चाहनेहरुले पौष २८ गतेसम्म निवेदन दिइसक्न आग्रह गरिएको छ । 

Falful1704768469.jpg

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update