Sagun Khabar
डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ मध्ये २ जना कैदी रुकुम पश्चिमबाट पक्राउ

डोल्पा — जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर फरार भएका ८ जना कैदीमध्ये २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । उनीहरू दुवै जना जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका कैदी हुन् ।

प्रहरीका अनुसार उनीहरू आज बिहान आठबीसकोट–६ दामाचौर खोली बगरबाट पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी गोतामकोटमा राखिएको छ ।

गत कात्तिक १४ गते बिहान कोठाभित्रैबाट सुरुङ खनेर डोल्पा कारागारबाट ८ जना कैदीबन्दी फरार भएका थिए । यसअघि फरार रहेकामध्ये २ जना पक्राउ परिसकेका छन् भने बाँकी ६ जनाको खोजीकार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update