Sagun Khabar
पाटनले वडामै पुगेर योजनाको सम्झौता गर्दै 

बैतडी–बैतडीको पाटन नगरपालिकाले वडामै पुगेर योजनाहरुको सम्झौता गरिरहेको छ । चालु आर्थिक बर्षमा नगरपालिकामार्फत वडाहरुमा सञ्चालन हुने योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सञ्चालनमा रहेको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए । 

अहिले सम्म तीनओटा वडामा योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए । 

Atrya hospital

अहिलेसम्म वडा नं ४, ५ र १० नम्बरका योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको उनले बताए । योजनाहरुको कागजपत्र कसरी तयार गर्ने, निर्णयहरु कसरी लेख्ने र योजनालाई गुणस्तरीय रुपमा सम्पन्न गर्ने बिषयमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई जानकारी दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए । 

आज वडा नं ४ मा योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं ४ चालु आर्थिक बर्षमा सञ्चालन हुने योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको वडा कार्यालयकी कर्मचारी तारा भट्टले बताइन् । वडामै योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम सञ्चालन भएपछि स्थानीय नागरिकहरु खुसी भएका उनले बताइन् । 

यस्तै वडा नं ८ र ९ का योजनाहरुको सम्झौता र अभिमुखीकरण कार्यक्रम भोलि (मंगलबार) सञ्चालन गरिने पाटन नगरपालिकाले जनाएको छ । 

बाँकी रहेका वडाहरुमा माघ महिनामा वडामै पुगेर सम्झौता गर्ने तयारी रहेको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । 
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update