Sagun Khabar
बिडिसिए कप क्रिकेटः नवजागृतीमाथि पञ्चकोटीको फराकिलो जित

बैतडी- बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप  जिल्लास्तरीय  एकदिवसीय क्रिकेट प्रतियोगितामा आज सम्पन्न खेलमा पञ्चकोटी क्रिकेट क्लबले फराकिलो जित हात पारेको छ । पञ्चकोटीले  नवजागृती क्रिकेट क्लबमाथि १८८ रनको फराकिलो जित हात पारेको हो।

जितका लागि पाएको २९१ रनको लक्ष्य पन्छाएको नवजागृती २३।१ओभरमा १०२ रनमा समेटियो ।उसका केशव ठगुन्नाले सर्वाधिक ३४ रन बनाए। पञ्चकोटीका सुरज बुडालले ५ विकेट हात पारे । यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर ब्याटिङ गरेको पञ्चकोटी ४१।३ ओभरमा २९० रनमा अलआउट भयो ।

Atrya hospital

जसमा सुमित बुडालले ८१ र नारायण टमटाले ४९ रनको योगदान गरे। नवजागृतीका दिपक भण्डारी र राजेन्द्र ठगुन्नाले ३र३ विकेट लिए। पञ्चकोटीका सुमित बुडाल म्यान अफ द म्याच चुनिएका स्कोरर द्रोपती कुँवरले जानकारी दिए । बैतडी जिल्ला क्रिकेट संघको  आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ।

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका  बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए ।यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको  बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताए ।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ। १९ औं संस्करणको उपाधि  पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update