Sagun Khabar
एमालेले सरकार छोडेपछि अराजकता फैलियो : ओली 

अछाम –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका छन् । 

शनिबार झुलाघाट –चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गरे । 

Atrya hospital

अध्यक्ष ओलीले सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप लगाए । उनले  अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमाले बाहेक अरु राजनीतिक दलहरुले गर्न नसक्ने बताए ।

अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए । उनले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने उल्लेख गर्दै नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरुले सम्पन्नता भएको देश गरिव रहनसक्ने देश नभएको जिकिर गरे ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update