Sagun Khabar
कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु 

कैलाली –कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर–२ बौनिया गाउँ नजिकै महेन्द्रराजमार्गमा सुमन थारुले चलाएको से ७ प ५३४७ र लवकुश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१० प १९०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Atrya hospital

दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका वडा नम्बर–२ का २५ वर्षीय सुमन थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको जनाइएको छ । 

घाईते भएका बर्दगोरिया–२ कुम्भियाका ४९ वर्षीय लवकुश चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update