Sagun Khabar
बैतडीमा सवारी साधन चेकजाँचमा कडाइ, दशैँमा कति परे कारबाहीमा ? 

बैतडी- बैतडीमा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा कडाइ गरेको छ । चाडपर्वका बेला हुने सवारी दुर्घटना कम गर्न  जिल्ला ट्राफिक बैतडीले चेकजाँचमा कडाइ गरेको हो ।

चाडपर्वका बेला सवारी दुर्घटना कम गर्नका लागि सवारी साधन चेकजाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक  प्रहरी कार्यालय बैतडीका ट्राफिक प्रहरी  प्रमुख तेज रावलले जानकारी दिए ।

Atrya hospital

यस्तै दशैँको अवधिमा जिल्ला ट्राफिक प्रहरीले ३४ सवारी साधन माथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने पाँच ओटा बस, २४ ओटा जिप र पाँच ओटा मोटरसाइकल कारबाहीमा परेका ट्राफिक प्रमुख रावलले बताए ।

घटस्थापना देखि दशैँ सम्म ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई  कारबाही गरेर १२ हजार  ५ सय राजस्व समेत संकलन गरिएको उनको भनाई  छ ।

सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update