Sagun Khabar
बैतडीका शक्तिपीठहरुमा बाह्र सय बढी पशुको बलि

बैतडी- बैतडीमा बाह्र सय बढी पशुको बलि दिइएको छ । जिल्ला भित्रका  विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा दशैँको  अवसरमा लागेको जात्रामा १ हजार २४० पशुको बलि दिइएको हो । जिल्लाको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा मात्रै २ सय ४५ राँगा र ४ सय  बोका गरी ६सय४५ पशुको बलि दिइएको छ ।

मेलौली भगवती मन्दिरमा १०३ राँगा र १७८ बोका गरि २सय ८१ पशुको बलि दिइएको  छ । यस्तै  शिवनाथ गाउँपालिका ५ स्थित उददेव मन्दिरमा १३३ बोका र ५८ राँगा गरि १सय ९१ पशुको  बलि दिइएको छ। यस्तै  पाटन स्थित उदयदेव मन्दिरमा ४२ राँगा र  १५ बोका गरि ५८ पशुको बलि दिइएको हो ।

Atrya hospital

यस्तै जिल्लाको विभिन्न ठाउँमा अवस्थित  डिलाशैनी भगवतीका मन्दिरहरूमा पनि ६६ पशुको बलि दिइएको  छ ।  बैतडीका  शक्तिपीठहरुमा  महाष्टमीको दिनदेखि दशैंसम्म लाग्ने जात्रा तथा मेलामा बलि दिने प्रचलन रही आएको छ । बलि दिए मनोकामना पूर्ण हुन्छ भन्ने जनविश्वासले दर्शनार्थीले भाकल गरे अनुसार बलि दिने गरेका छन् । बलि दिए मनोकामना पूर्ण हुन्छ भन्ने जनविश्वास छ ।

निरीह पशुको बलि दिएर पुण्य प्राप्ति नहुने भन्दै बलिप्रथा विरुद्ध बेलाबखत आवाज भने  उठि रहन्छन् । देवीदेवताका मन्दिरमा दिइने पशुबलि विरुद्ध आवाज उठिराख्ने भएपनि पशुबलि रोकिएको छैन् । मनोकामना पूर्ण हुने भएकाले पशुबलि दिने गरिएको  यहाँका भक्तजनहरुको भनाई छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update