Sagun Khabar
चाडपर्वमा हुने बिकृति रोक्न बैतडीमा सुरक्षा व्यवस्था कडा, दशैँ ढुक्क संग मनाउन आग्रह

 बैतडी- जिल्ला प्रहरी कार्यालय  बैतडीले चाडपर्व ढुक्क संग मनाउन आग्रह गरेको छ । चाडपर्वका बेला  हुनसक्ने घटनालाई ध्यानमा राखेर बैतडीमा सुरक्षा व्यवस्था कडा पारिएको भन्दै जिल्ला प्रहरी कार्यालयले  जिल्ला ढुक्क संग दशैँ मनाउन आग्रह गरेका हो  ।

विशेष सुरक्षा योजना लागु गेरेर जिल्लाको  सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चाडपर्वलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था मजबुद  गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

Atrya hospital

चाडपर्वमा हुने बिकृति रोक्न सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । चाडपर्वका बेला हुनसक्ने संम्भावित घटनालाई ध्यानमा राखेर प्रहरीले जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरेको  छ । सीमानाका लगायत जिल्लाभरिनै  सुरक्षा व्यवस्था मजबुद पारिएको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गिरीले जिल्लाबासीलाई  ढुक्क संग दशैँ मनाउ आग्रह गरेका हुन् ।

 जुवातास तथा झै झगडाजस्ता घटना उपर निगरानी बढाइने र संलग्नलाई कानून बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ । जुवाजन्य खेलहरु, चोरी,सवारी दुर्घटना तथा यात्रुहरु ठगिने संभावना, बैक तथा बित्तीय संस्थाहरु उपर हुनसक्ने संभावित लुटपाटलाइ  ध्यानमा राखेर पनि  सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको  छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update