Sagun Khabar
बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा ४२ राँगा र १५ बोकाको बलि  

बैतडी- बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा ४२ राँगा र १५ बोकाको बलि   दिइएको छ ।  जिल्लाको  पाटन नगरपालिका वडा नं  ६ स्थित उदयदेव मन्दिरमा आज महानवमीमा लागेको जात्रामा ४२ राँगा र १५ बोकाको बलि   दिइएको सिद्धनाथ उदयदेव धार्मिक विकास समितिका उपाध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिए ।

महाअष्टमी देखि सुरु भएको  जात्रामा  आज पशुबलि दिइएको उनले  बताए । मन्दिरमा आज महानवमीका दिन बोका तथा रांगाको बलि दिने चलन रही आएको उनले बताए । उदयदेव  मन्दिरमा महाष्टमीका दिन रांगा लग्ने र महानवमीका दिन काट्ने चलन रही आएको छ ।

Atrya hospital

 उदयदेव मन्दिरमा महाष्टमी र महानवमीका दिन बिशेष जात्रा लाग्ने गर्दछ । महानवमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको हो ।  स्थानीय भाषामा मैतडको जात भनिने उदयदेव मन्दिरको दर्शनका लागि टाढाका भक्तजनहरु समेत मन्दिरमा आउने गरेका  पण्डित लवदेव जोशीले बताए ।

पाटनस्थित मैतड जातमा देउडा खेल समेत हुने गरेको छ । महाअष्टमीको राति र महानवमीका दिन देउडा  खेल खेलेर भक्तजनहरु रमाइलो  गर्ने गर्दछन् ।  उदयदेव  मन्दिरको  जात्रामा हजारौँ दर्शनार्थी दर्शनका लागि पुगेका र  जात्रा जारि रहेको  बताइएको  छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update