Sagun Khabar
दशैँ पर्वः   बैतडीको झुलाघाट नाकाबाट २८ सय बढी नेपाली स्वदेश फर्किए 

बैतडी- भारत संग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट २८ सय बढी  नेपाली  स्वदेश फर्किएका छन् । दुई हप्ताको अवधिमा झुलाघाट नाकाबाट २८ सय ४५ जना नेपाली  स्वदेश फर्किएका सीमा प्रहरी चौकी झुलाघाटका प्रहरी इन्चार्ज जयसिंह भाटले  जानकारी दिए ।

उनका अनुसार बैतडीका २ हजार  जना स्वदेश फर्किएका छन् । यस्तै बझाङका ५ सय ६५, बाजुराका ४०,हुम्लाका ६५,मुगुका ४१, जुम्लाका २४, सुर्खेतका ८५ र बर्दिया जिल्लाका २५ जना झुलाघाट नाकाभएर घर फर्किएका हुन ।  भारतको  विभिन्न ठाउँबाट दशैँ मनाउन नेपाली स्वदेश फर्किएका हुन् ।

Atrya hospital

भारतमा रोजगारि गरिरहेका  नेपालीहरु दशैँ  मनाउन सीमाबाट घर फर्किएका सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज भाटले  बताए।  घरपरिवार पाल्नका लागि भारतको विभिन्न सहरमा काम गर्ने नेपालीहरु चाडपर्वका बेला घर फर्किने गरेका छन् ।

भारतको पिथउरागढ, बरेली, देहरादुन, नयाँ दिल्ली, राजस्थान, हरिद्वार लगायतका विभिन्न सहरमा यहाँ नागरिकहरु कामका लागि जाने गरेका छन् । स्वदेशमा रोजगारीका अवसर  नभएपछि  यहाँका नागरिकहरु घर खर्च चलाउन भारत जाने गर्दछन् । भा

रत गएर परिवार पालिरहेका नेपाली  चाडपर्वका बेला  दशैँको टिका थाप्न स्वदेश फर्किएका हु्न । अहिले चाड पर्व मनाउ घर पर्केका  युवाहरु घरको काम सकेर फेरि रोजगारीका लागि भारत जाने गरेका छन् । बैतडी सहित सुदूरपहाडमा पनि  दशैँ पर्व  हर्षोल्लासका साथ मनाउने चलन छ ।

 मान्यजनको हातबाट टीका, जमरा सहित र आशीर्वाद लिएर विजयादशमी  मनाइन्छ । मान्यजनबाट सुस्वास्थ्य दिर्घायुको आशीर्वाद ग्रहण गरेर दशैँ धुमधाम संग मनाने गरिएको  स्थानीय पुष्कर भट्टले बताए ।  घरपरिवारका सबै जना एकै ठाउँमा भेलाभएर टिका सहित  मिठो  मसिना पाकवान खाएर  दशैँ पर्व मनाउने  गरिएको  छ ।  

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update