Sagun Khabar
बैतडीको उदयदेव मन्दिरमा जात्रा शुरु, भोलि पशुबलि सहित सम्पन हुने

बैतडी- बैतडीको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा जात्रा शुरु भएको भएको छ । जिल्लाको  पाटन नगरपालिका वडा नं  ६ स्थित उदयदेव मन्दिरमा आजदेखि जात्रा शुरु भएको हो । महाअष्टमी देखि सुरु भएको  जात्रा भोलि पशुबलि सहित सम्पन हुने पाटन नगरपालिका  वडा नं  ६ का वडा अध्यक्ष राजेन्द्र सिंह विष्टले जानकारी दिए ।

मन्दिरहरुमा भोली महानवमीका दिन बोका तथा रांगाको बलि दिने चलन रही आएको उनले बताए । महाष्टमीका दिन मन्दिरमा रांगा लग्ने र महानवमीका दिन रांगा काट्ने चलन रही आएको वडा अध्यक्ष विष्टले बताए। यसैबीच मन्दिरमा लाग्ने मेलालाई मध्यनजर गरेर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको  छ । 

Atrya hospital

आज भोलि दुई  दिन मदिराको विक्रि वितरणमा रोक लगाइएको बताइएको छ । उदयदेव मन्दिरमा महाष्टमी र महानवमीका दिन बिशेष जात्रा लाग्ने गर्दछ । महानवमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको बताइएको छ ।

+स्थानीय भाषामा मैतडको जात भनिने उदयदेव मन्दिरको दर्शनका लागि टाढाका भक्तजनहरु समेत मन्दिरमा आउने गरेको पण्डित लवदेव जोशीले बताए । पाटनस्थित मैतड जातमा देउडा खेल समेत हुने गरेको छ ।  महाअष्टमीको  राति  महानवमीका दिन देउडा  खेल खेलेर भक्तजनहरु रमाइलो  गर्ने गर्दछन्  ।

 मेलालाई  भव्य रुपमा सम्पन्न गर्न  स्वंयम सेवक सहित सुरक्षा कर्मींहरु परिचाल गरिएका छन्।  जिल्लाका विभिन्न शक्तिपीठहरुमा लाग्ने मेलालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालयले  सुरक्षा योजना बनाएर काम गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले  जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update