Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा ६ सय राँगा र बोकाको बलि !

बैतडी- बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी पर्वमा लागेको पशु बलिसहितको जात्रा आज सम्पन्न भएको  हो  ।

 हिजो  महासप्तमीबाट सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलि सहित सम्पन्न भएको निङ्गालशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्र बहादुर  बोहराले  बताए ।  नवरात्र अन्तर्गत घटस्थापनादेखि पूजा आरम्भ भएको निङ्गलाशैनी भगवती मन्दिरमा आज बलिसहितको समापन भएको उनले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा करिब २ सय राँगा र ४ सय  बोकाको बलि दिइएको निङ्गालशैनी धार्मीक सेवा समितिले  जनाएको छ  ।

Atrya hospital

 निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लाकै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ । भाकल अनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको छ ।  निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि दिइदैन ।

 निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु आउने गरेका छन् । जात्रामा नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुगेका  दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।  

पशु बलि सहितको  जात्रा भव्य रुपमा सम्पन्न भएको  निङ्गाशैनी मेला व्यवस्थापन समिति  कोषाध्यक्ष मनोज बोहराले  बताए।  निङ्गालशैनी माताको  हजारौँ दर्शनार्थीहरुले दर्शन गरेका उनको  भनाई  छ ।  महासप्तमीका दिन शुरु भएको जात्रा  महाष्टमीका दिन राँगाको बलिसहित समापन हुने गर्दछ । महासप्तमीमा  श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिरमा राँगा लैजाने र आज  बलिदिने चलन रही आएको छ ।  निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु पुग्ने गरेका छन् । यो जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका  छन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update