बैतडीमा जिप दुर्घटना

बैतडी –बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको पुर्र्चौंडी नगरपालिका १ हडफोड भन्ने स्थानमा सडकमै जिप पल्टिएको पुरघाट प्रहरीचौकीले जनाएको छ ।
हाट–भटना कच्ची सडकमा बिहीबार बिहान ११ बजेतिर ग १ ज ६६११ नम्बरको जिप सडकमै पल्टिएको हो । मान्छे पुर्याएर हाटतिर फर्किरहेको जिप सडकमै पल्टिएका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
घटनास्थलतर्फ प्रहरीचौकी पुरघाटबाट टोली खटिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० ११:३८
प्रतिक्रिया दिनुहोस्