देउवा समूहको दार्चुला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी चयन
दार्चुला–नेपाली कांग्रेसमा समानान्तर गतिविधि गर्दै आएको देउवा समूहले दार्चुला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थीलाई चयन गरेको छ ।
शनिबार सम्पन्न नियमित आठौं जिल्ला अधिवेशनले अवस्थीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । उक्त समितिको उपसभापतिमा लालसिंह धामी र दिलिपसिंह महता चयन भएका छन् ।
यस्तै प्रदेश सभा क्षेत्र (क)को सभापतिमा भानसिंह धामी र क्षेत्र (ख)को सभापतिमा पूर्णसिंह साउद चयन भएका बताइएको छ ।
देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म काठमाण्डौंमा समानान्तर महाधिवेशन गर्ने तयारी गरेको छ । असोज १५ देखि वडा अधिवेशन थालेको उक्त समूहले अहिले धमाधम जिल्ला अधिवेशनहरु गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३ १६:४६
प्रतिक्रिया दिनुहोस्





