Sagun Khabar
लेन्थवर्करका समस्या समाधान गर्न सहयोग समिति गठन 

बैतडी –बैतडीको पाटन–पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्करहरुका समस्या समाधानमा सहयोग पुर्याउन समिति गठन गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । 

समितिमा पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द र मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकलाई सदस्यमा राखिएको छ ।

Atrya hospital

गएको २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै लेन्थवर्करहरु अनसनमा बसेपछि  समस्या समाधान सहयोग समिति गठन गरिएको हो । समितिले लेन्थवर्करहरुका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने समितिका सदस्य एवं पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए । लेन्थवर्करहरुको समस्या समाधानका लागि प्रदेश सरकारले चासो लिनुपर्नेमा उनले जोड दिए । उनले भने ‘हामीले समन्वयको काम गर्छौं । प्रदेश सरकारले लेन्थवर्करहरुका समस्या समाधान गर्नुपर्छ । मजदुरहरुलाई स्पष्ट रुपमा नभन्दा समस्या आएको देखिएको छ ।’

यता पूर्वाधार विकास कार्यालयले भने कार्यालयले काम गर्न नलगाएको जिकिर गर्दै आएको छ । तर लेन्थवर्करहरु भने सम्बन्धित मन्त्रालय र मन्त्रीबाट काम गर्नका लागि मौखिक निर्देशन आएकाले आफूहरु काम गरिरहेको बताएका छन् । 

२१ महिनादेखि तलब नपाएपछि आफूहरु सडकमै अनसनमा बसेको लेन्थवर्कर जयराम भुलले बताए । आफूहरुका माग पूरा नहुँदा सम्म अनसन जारी राख्ने उनले बताए । उनले भने ‘ हाम्रो माग पूरा नहुँदा सम्म हामी अनसन छोड्दैनौं ।’
 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ०९:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update