Sagun Khabar
तालिममा हिँडेका दार्चुलाका एक कर्मचारी सम्पर्क विहिन
Atrya hospital

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत एक जना कर्मचारी सम्पर्क विहिन भएका छन् । नगरपालिका वडा नम्बर २ रौतेउडा घर भई  सोही वडामा वडा सचिवको जिम्मेवारीमा कार्यरत खेमराज कपाडी आइतवार देखि  सम्पर्कविहीन भएका  हुन् ।

 आइतबार बिहान तालिमका लागि डडेल्धुरा जाने भन्दै घरबाट मोटरसाइकलमा हिँडेका कपाडी तालिममा समेत सहभागी नभएका बताइएको  छ।    खोजतलास गार्द  अहिलेसम्म सम्पर्कमा नआएका उनका आफन्त स्रोतले जनाएको  छ । कपाडी सम्पर्क विहिन भएपछि खोजि कार्यका लागि  प्रहरीलाई खबर गरिएको  छ । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update