Sagun Khabar
बैतडीमा कोरोना विरुद्ध भेरोसेल खोपको दोश्रो मात्रा आजदेखि लगाइँदै 

बैतडी –देशभरी जस्तै बैतडीमा पनि आज देखि कोरोना विरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा लगाइँदै छ । गत जेठ २८ देखि जिल्लामा सञ्चालन भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्रा लगाउने काम आजदेखि शुरु हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

खोपको पहिलो मात्रा लगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा खोप कार्ड सहित आउन आग्रह गरिएको छ । दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका नागरिकलाई आज भेरोसेल खोपको दोश्रो मात्रा दिइनेछ ।

Atrya hospital

यस्तै मेलौली नगरपालिकाका नागरिकलाई असार २३ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।यस्तै पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई असार २५ गते खोप लगाइनेछ भने सिगास र सुर्नया गाउँपालिकाका नागरिकलाई असार २६ गते खोप लगाइनेछ । 

यसैगरी पुर्चौंडी नगरपालिकाका नागरिकलाई असार ३१ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा खोप केन्द्र तोकिएको र तोकिएका ठाउँमा खोपको दोश्रो मात्रा लगाइने खोप सुपरभाईजर निरीक्षक भट्टले बताए । 

बैतडीमा करीब ३ हजार नागरिकले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्रा दिने कार्य शुरु गरिएको हो । 
 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ०८:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update