Sagun Khabar
अनसन बसेका लेन्थवर्कर लक्ष्मी पन्त बेहोस, पन्तलाई अस्पताल भर्ना गरियो 

बैतडी –पारिश्रमिकको माग गर्दै अनसनमा बसेकी लेन्थवर्कर लक्ष्मी पन्त बेहोस भएकी छन् । गएको शुक्रबारदेखि अनसनमा बसेका लेन्थवर्कर मध्ये लक्ष्मी पन्त मंगलबार बिहान एक्कासी बेहोस भएका लेन्थवर्कर जयराम भुलले बताए । 

बेहोस भएका लक्ष्मीलाई अहिले प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा भर्ना गरिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए । 

Atrya hospital

बैतडीको पाटन –पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्करहरुले गएको २१ महिनादेखि तलब नपाएको भन्दै गएको शुक्रबारदेखि पाटनमा अनसन बसीरहेका छन् । आफूहरुका माग पूरा नहुँदा सम्म अनसन नछोड्ने लेन्थवर्करहरुले बताउँदै आएका छन् । 

पाटन–पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि आफूहरुलाई तलब नदिएको लेन्थवर्करहरुको भनाई छ । आफूहरुलाई पटक पटक आश्वासन दिएको तर पारिश्रमिक नदिएकाले आफूहरुले अनसनमा बसेको लेन्थवर्करहरुले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ०७:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update