Sagun Khabar
सुदूरपश्चिममा सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, २३ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका कुनै जिल्लामा पनि कोरोनाबाट मृत्यु भएको विवरण प्राप्त नभएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी थप ४३ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ५५ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी २३ जना संक्रमणमुक्त भएका निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update