Sagun Khabar
बैतडीमा नेपाली कांग्रेसका क्रियाशील सदस्य ६ हजार ५७४ 
Atrya hospital

बैतडी – नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आएसंगै जिल्लास्तरमा पनि चहलपहल शुरु भएको छ । १३ औं महाधिवेशनको समयमा ३ हजार ८४६ जना मात्रै क्रियाशील सदस्य रहेको बैतडीमा १४ औं महाधिवेशनमा क्रियाशील सदस्यको संख्या ६ हजार ५७४ पुगेको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताए । झण्डै दोब्बरले क्रियाशील सदस्य संख्या बढेको उनले बताए । 

२ हजार ८१४ जना पुराना सदस्यहरुको नवीकरण भएको र ३ हजार ७५० जना नयाँ क्रियाशील सदस्य थपिएका कोषाध्यक्ष पाण्डेयले बताए । जिल्लामा फाट्टफुट्ट रुपमा क्रियाशील सदस्यताको विवाद रहेको भएपनि धेरै ठाउँमा सहमतिको आधारमा क्रियाशील सदस्यता प्रदान गरिएको नेपाली कांग्रेस बैतडीले जनाएको छ । 

नेपाली कांग्रेसलाई सांगठनिक रुपमा बलियो बनाउन क्रियाशील सदस्यहरुको महत्वपूर्ण भूमिका हुने नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । उनले भने ‘कांग्रेसलाई गतिदिन क्रियाशील सदस्यहरुको महत्वपूर्ण भूमिका हुन्छ । अहिले महाधिवेशनको पूर्व सन्ध्यामा सबै सक्रिय रुपमा महाधिवेशन सम्पन्न गर्न अघि बढेका छौं ।’
 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update