Sagun Khabar
बझाङमा एक जना मृत फेला

बझाङ- बझाङमा एक जना मृत फेला परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका ५ बस्ने ३० वर्षीय कृष्ण जप्रेल बझाङको सैन खोलामा मंगलवार राति मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

महालिंग देवताको मन्दिरमा लाग्ने धार्मिक मेलाबाट घर फर्किने क्रममा सैन खोलामा जप्रेलले हामफालेको प्रहरीले बताएको छ। प्रहरीले यस घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update