Sagun Khabar
डोटीको सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार

डोटी–डोटीको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बिच भागमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ ।

उनीहरूको शनिबार सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो । सेती नदीस्थित शिव मन्दिरमा पूजा गर्न गएका स्थानीयवासी तटबन्ध निर्माण गर्न बाँधिएको अस्थायी बाँध फुट्दा नदीको बिच भागमा फसेका थिए ।

उद्धार गरिएकाहरूमा सोही नगरपालिका–२ बस्ने ८६ बर्षीय मोहन पाठक, ७६ बर्षीय प्रेमबहादुर कठायत, ७० बर्षीय शिवराज कठायत, ६९ बर्षीय बालुराम कठायत, ७४ बर्षीय हेमराज जोशी, ६५ बर्षीय बाटु कठायत, ८० बर्षीय पदमराज भट्ट, ६० बर्षीया संजा श्रेष्ठ, ३८ बर्षीय दीपकराज पाठक, ९ बर्षीय कृष्ण कठायत र ६ बर्षीय ब्रण्डन कठायत रहेका सशस्त्र प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  १७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update