Sagun Khabar
बैतडीमा  एकै गाउँका १९ जनामा कोरोना पुष्टि, गाउँ नै सिल गरियो 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका वडा ७ चडेपानी गाउँका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै गाउँका १९ जनामा संक्रमण पुष्टि भएपछि चडेपानीलाई एक हप्ताका लागि सिल गरिएको छ । सोमबार बसेको गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको हो । 

एकै गाउँमा धेरै जनामा कोरोना देखिएपछि असार २१ देखि २७  गते सम्मका चडेपानी गाउँ सिल गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । उनले भने ‘गाउँका ७१ जनाको परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको छ । हामीले गाउँमा आवतजावत पूर्ण रुपमा बन्द गरेका छौं ।’

Atrya hospital

चडेपानी गाउँमा संक्रमण पुष्टि भएका सबै अहिले होम आइसोलेसनमा बसीरहेका छन् । संक्रमितहरुले संस्थागत आइसोलेसनमा बस्न नमानेको उनले बताए । उनले भने ‘संक्रमितहरुले संस्थागत आइसोलेसन बस्न मानेनन् । उनीहरु होम आइसोलेसनमा बसीरहेका छन् । यसले जोखिम बढ्दै गएको छ ।’

चडेपानीमा कम्तीमा ५ सय जनाको बसोबास रहेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । सिल गरिएको अवधिमा गाउँका सबैको कोरोना परीक्षण गरिने बताइएको छ । 

असार १६ गतेदेखि जिल्लामा निषेधाज्ञा खुकुलो पारेसंगै संक्रमितहरुको संख्या पनि बढ्दै गईरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update