Sagun Khabar
कञ्चनपुरमा असार मसान्त सम्म निषेधाज्ञा थपियो 

कञ्चनपुर –कञ्चनपुरमा जारी निषेधाज्ञा असार मसान्तसम्म थपिएको छ । कोभिड संक्रमणको जोखिम कायमै रहेकाले  निषेधाज्ञाको अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

सोमबार  बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञाको अवधि असार मसान्तसम्म थप्ने निर्णय गरेको हो । आज राति १२ बजेदेखि लागु हुनेगरि असार ३१ गतेसम्म  निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताए।  

जिल्लाभर पार्टी प्यालेस, पुस्तकालय, सिनेमा हल, जात्रा, मेला, सभा समारोह, जुलुस लगायतका कार्यक्रमहरु भने सञ्चालन गर्न नपाइने जारी आदेशमा उल्लेख गरिएको छ ।

यस्तै धार्मिक कार्यहरु, विवाह ब्रतवन्धजस्ता कार्यहरुमा १० जनासम्म मात्र भेला भएर स्वास्थ्य सर्तकता अपनाएर मात्रै गर्न पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update