Sagun Khabar
बैतडीमा सोमबार थप १६ जनामा कोरोना पुष्टि, ४ जना निको 

बैतडी –बैतडीमा सोमबार थप १६ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकाका १४, सुर्नया गाउँपालिकाका १ र मेलौली नगरपालिकाका थप एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै आज जिल्लाभरी ४ जना संक्रमणमुक्त भएका छन् । दोगडाकेदार गाउँपालिकाका २, सुर्नया र मेलौली नगरपालिकाका एक÷एक जना संक्रमणमुक्त भएका हुन् । जिल्लामा अहिले ८९ जना सक्रिय संक्रमित रहेका छन् । 

Atrya hospital

सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा २३ जना, पाटन नगरपालिकामा १८ जना, दशरथचन्द नगरपालिकामा ११ जना, डिलाशैनी गाउँपालिकामा ९ जना र सुर्नया गाउँपालिकामा ९ जना रहेका छन् । 

यस्तै मेलौली नगरपालिकामा ६ जना, शिवनाथ गाउँपालिकामा ५ जना, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पुर्चौंडी नगरपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका ५ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update