Sagun Khabar
खाना पकाउने ग्यासको मूल्यमा वृद्धि भएपछि उपभोक्ता मारमा 

बैतडी –नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि गरेपछि उपभोक्ताहरु मारमा परेका छन् । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरेर खाना पकाउने ग्यास प्रतिसिलिण्डर २ सय ३५ का दरले मूल्य वृद्धि गरिएको छ । 

खाना पकाउने ग्यासमा मूल्य वृद्धि भएपछि गरिब नागरिकलाई समस्या भएको दशरथचन्द नगरपालिका ४ की पुष्पा भण्डारीले बताइन् । खाद्यान्नको भाउ आकाशिएको बेला ग्यासमा मूल्य वृद्धि भएपछि भान्सा महंगो भएकाले उनले बताइन् । उनले भनिन् ‘ग्यासको मूल्यमा वृद्धि भएपछि निकै समस्या भएको छ । एकैपटक यति मूल्य वृद्धि भएपछि समस्या भएको छ ।’

Atrya hospital

निगमले पछिल्लो समय खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेपछि प्रति सिलिण्डर १ हजार ८९५ रुपैंया पुगेको छ । बैतडीमा ढुवानी भाडासहित कम्तीमा यो मूल्यमा थप डेढसयदेखि २ सय सम्म मूल्य वृद्धि हुनेछ । एक सिलिण्डर ग्यास खरी गर्न उपभोक्ताहरुले २ हजार बढी खर्च गर्नुपर्ने देखिएको छ । 

खाद्यान्न, तेल लगायतका दैनिक उपभोग्यका सामग्रीहरुको मूल्य आकाशिएको बेला खाना पकाउने ग्यासमा भएको मूल्य वृद्धिले कमजोर आर्थिक अवस्था भएका नागरिकलाई दैनिक छाक टार्न मुस्किल हुने दशरथचन्द नगरपालिका ५ का तेजराम लोहराले बताए । यस्तो महंगीका बेला स्थानीय सरकारहरुले केही राहतका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । 

गरिब नागरिकको वर्गीकरण गरेर खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य खाद्यान्न सामग्रीमा अनुदान दिनुपर्ने नागरिक समाजका अगुवा गोविन्दराज जोशीले बताए । आम्दानीको श्रोत नबढेका बेला खाद्यान्न र ग्यासमा भएको मूल्य वृद्धिले गरिब नागरिक थिचिएका उनले बताए । उनले भने ‘भारतमा समेत गरिबीको रेखामुनि रहेका नागरिकलाई सबसिटी दिने गरिएको छ । त्यस्तै व्यवस्था नेपालमा पनि गर्नु आवश्यक छ ।’ 
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update