Sagun Khabar
धनगढीमा ट्याक्टरसंग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –धनगढीमा ट्याक्टरसँग मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय रुपलाल चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।

आइतबार वडा नम्बर १७ स्थित दमौलीयाबाट चौमाला जाँदै गरेको से ६ प ४६८९ नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको से २ त ३७८९ नम्बरको ट्याक्टको पछाडी ठोक्किँदा दुर्घटना भएको थियो । 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update