Sagun Khabar
बैतडी जिप दुर्घटना : घाइते दुईजना धनगढी रेफर 

बैतडी –बैतडीको सिगास गाउँपालिका वडा नं ३ को लगनमा आइतबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका मध्ये २ जनालाई धनगढी रेफर गरिएको छ । घाइते १३ बर्षीय लक्ष्मण बोहरा र १८ बर्षीय योगेन्द्र धामीलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

उनीहरुलाई आइतबार नै रेफर गरिएको हो । दुईजनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ भने ७ जना डिस्चार्ज भईसकेका छन् । 

Atrya hospital

सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

जिप चालक खगेन्द्र साउँद र जिप साहु हरिभान साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update